Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • मन्त्री त्रिपाठी भन्छन् : कोरोना नियन्त्रणमा स्थानीय तहको भूमिका असाधारण

    मन्त्री त्रिपाठी भन्छन् : कोरोना नियन्त्रणमा स्थानीय तहको भूमिका असाधारण

    अनलाइन नेपाल
  • मंगलबार, १६ असार २०७७
  • 2.8K
    SHARES

    काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले कोरोना नियन्त्रणका लागि स्थानीय तहले महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।

    राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको मंगलबारको बैठकमा मन्त्री त्रिपाठीले क्वारेन्टिन व्यवस्थापनमा स्थानीय तहले असाधारण प्रकृतिको काम गरेको बताए ।



    स्थानीय तहलाई संविधानले दिएको असाधारण प्रकृतिको अधिकार कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि प्रयोग भएको बताए । उनले भारतीय सीमासँग जोडिएका स्थानीय तहको भूमिका अझ बढी महत्वपूर्ण देखिएको बताए ।



    स्थानीय तहले बनाएका क्वारेन्टाइनको व्यवस्थापनाका लागि सरकारले पठाउने बजेट मन्त्रालयमार्फत नभई सिधै कोरोना कोषबाट निकासा भएको उनले जानकारी दिए ।

    यस्तै पछिल्लो समय १० अर्ब कहाँ खर्च भयो भन्ने प्रश्न उठेको र त्यो रकम स्थानीय तहमा मात्र नभई प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, गृह मन्त्रालय र रक्षा मन्त्रालयमा निकासा भई खर्च भएको जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार