Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • उपराष्ट्रपति पदका लागि आज निर्वाचन

    उपराष्ट्रपति पदका लागि आज निर्वाचन

    अनलाइन नेपाल
  • शुक्रबार, ३ चैत्र २०७९
  • 516
    SHARES

    काठमाडौं । नयाँ उपराष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा मतदान हुनेछ । मतदानका लागि बिहान १० देखि दिउँसो ३ बजेसम्मको समय निर्धारण गरिएको छ ।

    उपराष्ट्रपति पदको निर्वाचनमा संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) र प्रदेशसभाका सांसदले मतदान गर्नेछन् । प्रदेशसभाका ५५० र संघीय संसद्का ३३२ मतदाता रहेका छन् ।



    मतदानका लागि प्रदेश र संघीय सांसदहरूलाई छुट्टाछुट्टै मतदान केन्द्र तोकिएको छ । उपराष्ट्रपति निर्वाचनमा एक संघीय सांसदको मतभार ७९ र एक प्रदेश सांसदको मतभार ४८ गणना हुन्छ ।



    मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । उपराष्ट्रपति निर्वाचनको मतपरिणाम आजै साँझ सार्वजनिक हुने बताइएको छ ।

    उपराष्ट्रपतिका लागि एमालेकी अष्टलक्ष्मी शाक्य, जसपाका रामसहाय प्रसाद यादव र जनमतकी ममता झा चुनावी मैदानमा छन्। सत्तारुढ गठबन्धनबाटै तीन जनाको उम्मेदवारी परेकामा जसपाकी प्रमिलाकुमारी यादव पछि हटेकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार