Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • गाँजा कारोबारी र प्रहरीबीच झडप : एक राउण्ड हवाई फायर, दुईजना पक्राउ

    गाँजा कारोबारी र प्रहरीबीच झडप : एक राउण्ड हवाई फायर, दुईजना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २ चैत्र २०७९
  • 678
    SHARES

    सिन्धुली । सिन्धुलीमा अवैध गाँजासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको हरिहरपुरगढी गाउँपालिका ७ भुताहास्थित क्यानखोलाबाट ७६ किलो गाँजा, मोटसाइकलसहित उनीहरु पक्राउ परेका हुन् ।

    जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार पक्राउ पर्नेमा हिरहरपुरगढी ८ का ३३ वर्षीय देवकुमार स्याङ्तान र हरिवन नगरपालिका २ सर्लाहीका २३ वर्षीय प्रल्हादकुमार थोकर छन् ।



    मोटरसाइकलमा बोरामा प्याक गरेर निकासी गर्न लागेको गाँजा नियन्त्रणमा लिनेक्रममा तस्करले प्रहरीलाई ढुंगामुडा गरेका थिए । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको थियो ।



    विशेष सूचनाको आधारमा गाँजा कारोबारीलाई पक्राउ गरिएको सिन्धुली प्रहरीले जनाएको छ । उनीहरुमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार