काठमाडौं । मंगलबार थप ६० जना कोरोना संक्रमण मुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ हजार १ सय ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार आज जुम्ला र बाँकेबाट १ १ पुरुष, सर्लाही जिल्लाबाट १५ जना पुरुष, सप्तरी जिल्लाबाट १५ जना पुरुष, पर्साबाट २ पुरुष, महोत्तरीबाट ४ पुरुष, कोशी अस्पतालबाट झापाका ४ महिला र २ पुरुष, मोरङका ३ महिला र २ पुरुष पाँचथरका १ जना महिला सुनसरीका १ महिला र १ पुरुषले कोरोना जितेर घर गएका छन् ।
त्यस्तै धरानबाट मोरङका ८ जना पुरुष डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयको नियमित मिडिया व्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।
Leave a Reply