Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • योगेश भट्टराईको प्रश्न – हाम्रा राष्ट्रपतिले पुन: सपथ लिनु पर्छ कि पर्दैन होला ?

    योगेश भट्टराईको प्रश्न – हाम्रा राष्ट्रपतिले पुन: सपथ लिनु पर्छ कि पर्दैन होला ?

    अनलाइन नेपाल
  • बुधबार, १ चैत्र २०७९
  • 672
    SHARES

    काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले राष्ट्रपति रामचन्द्र पौडेलले पुनः सपथ लिनु पर्छ कि पर्दैन होला ? भन्दै प्रश्न गरेका छन् ।

    बिहीबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत सांसदसमेत रहेका भट्टराईलले अमेरिकी राष्ट्रपति ओबामाको उदाहरण दिँदै यस्तो प्रश्न गरेका हुन् ।



    गत सोमबार शीतल निवासमा आयोजित शपथ समारोहमा राष्ट्रपति पौडेलले शपथ ग्रहणको क्रममा प्रतिज्ञा गर्दछु भन्नु पर्नेमा प्रतिक्षा गर्दछु भनेका थिए । सोही विषयमा सचिव भट्टराईले हाम्रा राष्ट्रपतिले पुनः सपथ लिनु पर्छ कि पर्दैन होला भन्दै प्रश्न गरे ।



    उनले लेखेका छन् ‘अमेरिकी राष्ट्रपति ओबामाले सपथको बेहोरा सहि उच्चारण नगर्दा पुनः सपथ गर्नु परेको थियो। हाम्रा राष्ट्रपति रामचन्द्र पौडेलले सपथमा प्रतिज्ञा गर्दछु भन्नु पर्नेमा प्रतिक्षा गर्दछु भन्नु भएको स्पस्ट सुनिन्छ । हाम्रा राष्ट्रपतिले पुन: सपथ लिनु पर्छ कि पर्दैन होला ? तपाईंलाई के लाग्छ ? कानुन र परम्पराले के भन्छ ? जिज्ञासा’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार