Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • भुटानमा पनि देखा पर्‍यो कोरोना भाइरस

    भुटानमा पनि देखा पर्‍यो कोरोना भाइरस

    अनलाइन नेपाल
  • शुक्रबार, २३ फाल्गुन २०७६
  • 2.5K
    SHARES

    भुटान । चीनबाट फैलिएको कोरोना भाइरस छिमेकी देश भुटानमा पनि देखा परेको छ। शुक्रबार एक अमेरिकी नागरिकमा भाइरस संक्रमण पुष्टि भएको हो।

    सोमबार भारत हुँदै भुटान पुगेका ती ७६ वर्षीय अमेरिकी नागरिकमा संक्रमण पुष्टि भएपछि भुटानले तुरुन्तै सीमा नाका बन्द गरेको छ। प्रधानमन्त्री कार्यालयले फेसबुकपेज मार्फत भुटानले कम्तिमा दुई हप्ताका लागि पर्यटकलाई स्वदेश प्रवेशमा रोक लगाउने निर्णय गरेको बताएको छ। शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो।



    यसैगरी थिम्पु लगायत आसपासका विद्यालयहरू पनि शुक्रबारदेखि दुई साताका लागि बन्द गरिने बताइएको छ।



    डिसेम्बरदेखि चीनको वुहानबाट फैलिएको कोरोना भाइरस संक्रमण हालसम्म विश्वभर ९८,३८७ जनामा पुष्टि भएको छ। साथै संक्रमणका कारण ३,३८३ जनाले ज्यान गुमाइसकेका छन्। एजेन्सी

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार