Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • नेकपा सांसदले मागे अर्थमन्त्रीको राजीनामा

    नेकपा सांसदले मागे अर्थमन्त्रीको राजीनामा

    अनलाइन नेपाल
  • मंगलबार, १६ असार २०७७
  • 2K
    SHARES

    सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दल, कर्णाली प्रदेशको असार १३ र १४ गते २३ घण्टा चलेको बैठक बिना निष्कर्ष टुंगियो । बैठकमा सांसदहरुले मन्त्रीहरुको निर्वाचन क्षेत्रमा बजेट केन्द्रित गरेको, आफू निकटलाई आर्थिक वर्षको अन्त्यतिर सरकारी रकम बाँडेको, भ्रष्ट्राचार बढेको, गलत बजेटका कारण प्रतिपक्षले लगातार सदन अवरुद्व पारेको, सरकारका कारण पार्टी बदनाम भएको भन्दै आक्रोश पोखेका थिए ।

    साेही क्रममा सांसद खड्कबहादुर खत्रीले अर्थमन्त्री ज्वालाले ल्याएको बजेट जनभावना र कानुन प्रतिकुल भएको भन्दै नैतिकताकोे आधारमा राजीनामा दिन माग गरेका थिए ।बैठकमा सहभागी अर्का एक सांसदका अनुसार, अर्थमन्त्रीको भाषण र रातो किताबको बजेट विवरण फरक परेको र यही कारण प्रतिपक्षी दल नेपाली काग्रेसले गत वर्षजस्तै संसद अवरुद्ध गरेको भन्दै खत्रीले ज्वालाको चर्को आलोचना गरे ।



    आर्थिक मामिला तथा योजनामन्त्री ज्वालाको बजेट भाषण र बजेट किताबमा उल्लेखित रकमको विवरण ठूलो अन्तर देखिन्छ । कर्णाली प्रदेश सरकारले आगामी आवका लागि ल्याएको ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार बजेटमध्ये योजना विनै रोजगारी, भोकमरी, कोरोना महामारीमा रकम विनियोजन गरेको भनेर चर्को आलोचना भइरहेको छ ।



    यता प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसले प्रदेश सरकारले विनियोजन विधेयकको भावना विपरीत वार्षिक विकास कार्यक्रम ल्याएको भन्दै एक सातादेखि संसद अवरुद्ध गरिरहेको छ । वार्षिक विकास कार्यक्रममा पुँजीगत र चालु प्रशासनिकसहितको शीर्षकमा बजेट विनियोजन नभएको, गोलमोटल बजेटले पुँजीगत शीर्षक अन्र्तगत सार्वजनिक निर्माण कार्यका लागि ‘एकमुष्ट’ भन्ने शीर्षकमा एक अर्ब ७२ करोड ९६ लाख बजेट छुट्याएको, बजेट भाषण र वार्षिक किताबमा फरक विवरण देखिएको लगायतका त्रुटि नसच्याए बजेट पास हुन नदिने कांग्रेसको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार