लुम्बिनी । दुई सय जना कोरियाली बौद्ध भिक्षु र तीर्थयात्री पैदलयात्रा गरेर लुम्बिनी आइपुगेका छन् ।
दक्षिण कोरियाको संस्कृति, खेलकुद तथा पर्यटन मन्त्रालय अन्तर्गत दर्ता बौद्धसंस्थाले कोरियाली बौद्ध भिक्षु–भिक्षुणी सहित बौद्ध तीर्थयात्रीहरुलाई पैदलयात्रा गराई लुम्बिनी ल्याएको हो ।
भारत हुँदै बुद्धजन्मस्थल लुम्बिनी आइपुगेका तीर्थयात्रीलाई लुम्बिनी विकास कोषले बुद्धस्थलमा स्वागत गरेको छ ।
दुई सय जना कोरियाली बौद्ध भिक्षु र तीर्थयात्रीको पैदलयात्री एक हजार किलोमिटर दुरी पैदल यात्रा गरेर लुम्बिनी आइपुगेका हुन् । भारतको कुशिनगर, शारनाथ र बोधगयाको भ्रमण गर्दै टोली बुद्धजन्मस्थल लुम्बिनी आइपुगेको हो ।
कोरियाका अग्रज बौद्ध भिक्षु छासुङ्ग सहितका १०५ जना धर्मगुरु र तीर्थयात्रीले मायादेवी मन्दिरको दर्शन गर्दै विश्व शान्तिको कामना गरेका छन् ।
Leave a Reply