Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • उपराष्ट्रपति निर्वाचन : आज मध्यरातिदेखि प्रचारप्रसार गर्न नपाइने

    उपराष्ट्रपति निर्वाचन : आज मध्यरातिदेखि प्रचारप्रसार गर्न नपाइने

    अनलाइन नेपाल
  • मंगलबार, ३० फाल्गुन २०७९
  • 666
    SHARES

    काठमाडौं । उपराष्ट्रपति निर्वाचनका लागि मंगलबार रातिबाट प्रचारप्रसार गर्न नपाइने भएको छ ।

    निर्वाचन आयोगले मंगलबार एक विज्ञप्ति जारी गर्दै उक्त कुरा बताएको हो।



    ‘निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको ४८ घण्टा अघिदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागू हुने छ,’ आयोगको विज्ञप्तिमा भनिएको छ।



    आयोगले मंगलबार राति १२ बजेदेखि मतदानको दिन (चैत ३ गते) मतदान केन्द्र बन्द नभएसम्म उपराष्ट्रपति निर्वाचनलाई लिएर प्रचारप्रसार गर्न नपाइने बताएको छ ।

    उपराष्ट्रपतिका लागि जसपाबाट रामसहाय प्रसाद यादव, जनमत पार्टीबाट ममता झा र एमालेबाट अष्टलक्ष्मी शाक्य प्रतिस्पर्धी छन् । चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार