Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • राष्ट्रपतिमा दोहोरिन नपाउने व्यवस्था गरौं : कांग्रेस महामन्त्री शर्मा

    राष्ट्रपतिमा दोहोरिन नपाउने व्यवस्था गरौं : कांग्रेस महामन्त्री शर्मा

    अनलाइन नेपाल
  • मंगलबार, ३० फाल्गुन २०७९
  • 573
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एउटै व्यक्ति दोहोरिएर राष्ट्रपति बन्न नपाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

    नेपाल ट्रेड युनियनको काठमाडौंमा सुरु भएको नीति सम्मेलनमा बोल्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् ।



    महामन्त्री शर्माले राजनीतिमा मान्छेहरुलाई आकर्षित गर्न पनि एक पटक राष्ट्रपति, दुई पटकसम्म प्रधानमन्त्री, तीन पटकसम्म मन्त्री र चार पटकसम्म सांसद हुने व्यवस्था उपयुक्त हुने बताए ।



    उनले सांसद, मन्त्री भइसकेकाहरुले मुलुकको आर्थिक रुपान्तरणको काममा योगदान दिन सक्ने व्यवस्था नीतिगतरुपमै भए त्यो झनै राम्रो हुने धारणासमेत राखे ।

    महामन्त्री शर्माले भ्यूटावर बनाउने कुरा, एकैपटक धेरै अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कुरा मुलुकका लागि आर्थिक बोझको विषय भएको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले मुलुकलाई प्रतिफल दिन सक्ने आयोजनाहरुको छनौट गरी त्यसलाई अघि बढाउने गरी नीतिगत व्यवस्था गर्न जरुरी रहेको पनि बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार