Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • ‘रअ’ को योजनामा नेपालविरुद्ध प्रोपोगाण्डा, नेपाली सीमाबाट बिहारमा आतंककारी घुसेको अफवाह

    ‘रअ’ को योजनामा नेपालविरुद्ध प्रोपोगाण्डा, नेपाली सीमाबाट बिहारमा आतंककारी घुसेको अफवाह

    अनलाइन नेपाल
  • मंगलबार, १६ असार २०७७
  • 5.5K
    SHARES

    काठमाडौं।  कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ राजनीतिक नक्सा संसदबाट पारित गरेपछि आत्तिएको भारतले  नेपालविरुद्ध नयाँ-नयाँ प्रोपोगाण्डा फैलाउन सुरु गरेको छ ।

    स्रोतका अनुसार भारतीय दुताबासमा रहेका खुफिया एजेन्सीका प्रतिनिधिले चीनले नेपालको सीमा  मिचेको समाचारलाई बाहिर ल्याएर नक्सा प्रकरणलाई ढाकछोप गर्न नेपाली मिडियाहरुमा चलखेल गर्न थालेको सुचना प्रधानमन्त्री निवास बालुवाटारसम्म पुगेको छ।



    अहिले फेरी बिहारमा आतंकवादी घुसपैठको खतरालाई मध्यनजर गर्दै स्पेशल ब्रान्चले राज्यका सबै जिल्लामा हाइअलर्ट जारी गरेको भारतीय संचारमाध्यमहरुले कु-प्रचार गर्न थालेका छन्।



    समाचार एजेन्सी एएनआइको रिपोर्ट अनुसार तालिबान र जैश-ए-मोहम्मदका आतंकवादी नेपाल सीमाबाट बिहार प्रवेश गर्न सक्ने खतरा देखाइएको छ ।

    पाकिस्तानी गुप्तचर एजेन्सी आइएसआइले ५ देखि ६ जना आतंकवादीलाई पठाउने योजना बनाएको रिपोर्टमा दावी गरिएको छ । यी आतंकवादीलाई पाकिस्तानी सेनाले प्रशिक्षित गरेको पनि दावी गरिएको छ ।

    तर, नेपालले आतंककारीलाई सहयोग गरेको देखाउन गुप्तचर संस्था ‘रअ’ले यस्ता समाचारलाई लैनचौरमा रहेको दुताबासमार्फत नेपाली मिडियाहरुमा प्रकाशित गर्न लगाइ अफवाह फैलाईरहेको स्रोत वताउँछ।

    पछिल्लो समय नेपाल–भारत सीमा क्षेत्रमा तनाव बढेको छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पनि नेपाल-भारत सीमा क्षेत्रमा कडाइ गर्न आदेश दिएका थिए ।

    आतंकवादी आक्रमणको आशंकाको नाममा हाइअलर्ट जारी गरिएपछि भविष्यमा नेपाललाई अप्ठेरो बनाउन गुप्तचर संस्था ‘रअ’ले योजना बनाएको बिश्लेशण गरिएको छ। भारतले नेपाललाई समस्यामा पार्न सबैभन्दा बलियो हतियारको रुपमा नाकाबन्दीलाई प्रयोग गर्दै आएको छ ।

    रिपोर्टमा दावी गरिएअनुसार भारतको नेशनल इन्भेस्टिगेशन एजेन्सी (एनआइए)को कन्ट्रोल रुममा एक धम्कीपूर्ण इमेल आएको छ, जसमा गृहमन्त्री अमित शाह र भाजपाका अन्य नेताहरुलाई आतंकवादीको हिट लिस्टमा रहेको भनिएको छ । कश्मिरी आतंकवादीहरुको गतिविधिमा निगरानी गर्न भनिएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार