Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • भोकै बस्नु पर्ने अवस्था आएको भन्दै ट्याक्सी व्यवसायीहरु आन्दोलनमा

    भोकै बस्नु पर्ने अवस्था आएको भन्दै ट्याक्सी व्यवसायीहरु आन्दोलनमा

    अनलाइन नेपाल
  • मंगलबार, १६ असार २०७७
  • 3.5K
    SHARES

    काठमाडौं । सरकारले साउन ७ सम्म जारी लकडाउनलाई लम्ब्याउने निर्णय गरेपछि आफूहरु भोकभोकै बस्नु पर्ने अवस्था आएको भन्दै प्रदर्शनमा निस्किएका ट्याक्सी व्यवसायीहरु नियन्त्रणमा परेका छन् ।

    महानगरीय ट्राफिक प्रहरी महाशाखाले उनीहरुलाई केशरमहल, सिंहदरबार, जावलाखेल, कोटेश्वर, गौशाला, महाराजगञ्ज, गोंगबु लगायतका क्षेत्रबाट नियन्त्रणमा लिएकोजनाएको छ ।



    लकडाउनमा सार्वजनिक सवारीसाधन चलाउन पाइँदैन भने  प्रहरीले चलाइएकालाई होल्ड गर्दै आएको छ । हालसम्म ३ सय ८ वटा ट्याक्सीलाई नियन्त्रणमा लिइएको महाशाखाले जनाएको छ । उनीहरलाई बेलुका छाडिने प्रहरीको भनाइ छ ।



    निजी सवारीसाधन र एम्बुलेन्समा भाडा लिएर मान्छे चढाउन हुने,तर आफुहरुले ट्याक्सी चलाएर जिविका चलाउन नपाउने भन्दै

    ट्याक्सी  व्यवसायीहरु मंगलबारबाट आन्दोलनमा उत्रिएका छन् । उनीहरुले नयाँबानेश्वर–तीनकुनेमा ट्याक्सी पार्क गरेर प्लेकार्डसहित शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार