Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • प्रधानमन्त्री प्रचण्ड भन्छन् – संवैधानिक पदमा राजनीतिक दलहरूको सन्तुलन मिलेको छ

    प्रधानमन्त्री प्रचण्ड भन्छन् – संवैधानिक पदमा राजनीतिक दलहरूको सन्तुलन मिलेको छ

    अनलाइन नेपाल
  • सोमबार, २९ फाल्गुन २०७९
  • 861
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक पदहरूमा राजनीतिक दलहरूको शक्ति सन्तुलन मिलेको बताएका छन् ।

    सोमबार नेपाल नगरपालिका संघको ३० औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड यस्तो बताएका हुन् ।



    उनले देशको संवैधानिक पदहरूमा राजनीतिक दलहरूको शक्ति सन्तुलन मिलेकोमा आफू खुसी भएको बताए ।



    उनले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष लगायतका संवैधानिक पदहरूमा फरकफरक राजनीतिक दलहरूको प्रतिनिधित्व भएको भन्दै यसले आफूलाई खुसी र गर्वको महशुस गराएको बताए ।

    ‘संवैधानिक पदहरूमा यसरी राजनीतिक सन्तुलन मिल्दा ‘चेक एण्ड ब्यालेन्स’ देखिन्छ,’उनले भने,‘राष्ट्रपतिको निर्वाचनसँगै देशमा नयाँ वातावरण बनेको छ। अब विकास, समृद्धि र आवश्यक ऐनहरू निर्माणको प्रक्रियामा जानुपर्ने कार्यभार छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार