काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई पाकिस्तानले बधाई दिएको छ ।
पाकिस्तानको राष्ट्रपति कार्यालयले सामाजिक सञ्जालमार्फत् पौडेललाई बधाई दिएको हो ।
साथै शुभकामना दिँदै मिलेर अघि बढ्न तत्पर रहेको पाकिस्तानी राष्ट्रपति कार्यालयले दिएको बधाई सन्देशमा उल्लेख गरिएको छ।
‘सम्माननीय रामचन्द्र पौडेल नेपालको राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई । नेपाल–पाकिस्तान सम्बन्धलाई अझै प्रगति गरी अघि बढाउन उहाँसँग काम गर्न तत्पर छौं,’ सन्देशमा भनिएको छ ।
सम्माननीय रामचन्द्र पौडेल नेपालको राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई । नेपाल–पाकिस्तान सम्बन्धलाई अझै प्रगति गरि अघि बढाउन उहाँसँग काम गर्न तत्पर छौ। https://t.co/9HSxFng3Fp
— The President of Pakistan (@PresOfPakistan) March 11, 2023
Leave a Reply