Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • नवनिर्वाचित राष्ट्रपति पौडेललाई भारतीय समकक्षी मुर्मूको बधाई

    नवनिर्वाचित राष्ट्रपति पौडेललाई भारतीय समकक्षी मुर्मूको बधाई

    अनलाइन नेपाल
  • सोमबार, २९ फाल्गुन २०७९
  • 801
    SHARES

    काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले बधाई तथा शुभकामना दिएकी छन्।

    सोमबार शीतल निवासमा शपथ लिएर पदभार ग्रहण गरेपछि दक्षिणी छिमेकीको तर्फबाट पौडेललाई पहिलो बधाई आएको हो।



    शुभकामना सन्देशमा भनिएको छ,’नेपालको नयाँ राष्ट्रपतिकाके रूपमा तपाईं चुनिनु भएकोमा भारतका जनता र सरकार तथा मेरोतर्फबाट पनि बधाई।निकट र मैत्रीपूर्ण सम्बन्ध रहेका छिमेकीका रुपमा भारत र नेपालले सौहार्दपूर्ण तथा बहुआयामिक सम्बन्ध राख्दै आएका छन्।’



    राष्ट्रपति मुर्मूले पछिल्ला केही वर्षदेखि नेपाल-भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण प्रगति भएको पनि उल्लेख गरेकी छन्। उनले नेपाल र नेपाली जनताको निरन्तर प्रगति र समृद्धिका लागि शुभकामना पनि दिएकी छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार