काठमाडौं । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेशनल ट्रेडका उपाध्यक्ष झाङ साओगाङले शिष्टाचार भेटवार्ता गरेका छन् ।
मन्त्रालयमा आज भएको भेटमा व्यापार तथा लगानी साझेदारीका विषयमा छलफल भएको थियो।
उपप्रधानमन्त्री श्रेष्ठले चीन नेपालको दोस्रो ठूलो अन्तराष्ट्रिय व्यापार साझेदार मुलुक रहेको र नेपालमा लगानीमैत्री वातावरण भएकोले चिनियाँ लगानीको सँधै स्वागत गरिने बताए।
झाङले नेपालले ठुलो प्राविधियुक्त उद्योग-निर्माणको सोच बनाए त्यसमा चीनले खुलेर साथ दिने बताए । भेटवार्तामा चिनियाँ राजदूत छन् सोङसहितको उपस्थिति थियो ।
Leave a Reply