Online Nepal
  • बुधबार, १० पुष २०८१
  • युक्रेनी सेनाको दाबी – एकैदिन हजार रुसी सैनिक मारिए

    युक्रेनी सेनाको दाबी – एकैदिन हजार रुसी सैनिक मारिए

    अनलाइन नेपाल
  • सोमबार, २९ फाल्गुन २०७९
  • 693
    SHARES

    फाइल तस्विर

    काठमाडौं । बाखमुतमा जारी भीषण लडाइँमा रुसका एक हजार ९० सैनिकहरूको मृत्यु भएको युक्रेनी सेनाले दाबी गरेको छ ।

    युक्रेनी सेनाका अनुसार शनिवार २४ घन्टाभित्र एक हजार ९० रुसी सैनिकहरू मारिएका हुन् ।



    बाखमुतमा भइरहेको भीषण लडाइँमा रुस र युक्रेन दुवै पक्षका सैनिकहरू ठूलो संख्यामा हताहत भइरहेका छन् ।



    रुसीहरूले आठवटा ट्यांक, सातवटा सशस्त्र वाहन, चारवटा आर्टिलरी गन तथा चारवटा हवाई प्रतिरक्षा प्रणाली समेत गुमाएको युक्रेनीहरू दाबी गर्छन् ।

    यसैबीच डोनेत्स्कको भुहलेदारमा रुसले थर्माइट रेन नामक घातक बम प्रहार गरेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार