काठमाडौं । माओवादी धारको संयुक्त अन्तरक्रिया चैत ८ गते हुने भएको छ ।
फागुन ३० गते गर्ने भनिएको अन्तरक्रिया कार्यक्रम ८ दिनपछि काठमाडौंको प्रज्ञा भवनमा हुने भएको हो ।
गत आइतबार संयुक्त पत्रकार सम्मेलन गरेका माओवादी घटकले चैत ८ गते मात्रै अन्तरक्रिया गर्ने नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजीत बुढाले बताए ।
पहिलो चरणको कार्यक्रम सकिएपछि दोस्रो चरणको कार्यक्रम गर्ने तयारी गरिएको छ ।
Leave a Reply