काठमाडौं । ३५ तोला सुनसहित पक्राउ परेका इलाका प्रहरी कार्यालय, बुटवलका तत्कालीन डिएसपी ठगबहादुर केसीबारे छानबिन गर्न गठित समितिले छानबिन प्रतिवेदन बुझाएको छ ।
आइतबार समितिका संयोजक (एसएसपी) चन्द्र कुवेर खापुङले आईजीपी धिरज प्रताप सिंहलाई प्रतिवेदन बुझाएका हुन् । गत ११ पुसमा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)बाट खटिएको टोलीले उनको निवासबाट स्रोत नखुलेको ३५ तोला सुन बरामद गरेको थियो ।
ईलाका प्रहरी कार्यालय बुटवलमा रहँदा डीएसपी केसीले सुन व्यापारी किसन बिकसँग ‘घुस’ लिएको घटना छानबिन गर्न समिति गठन गरिएको थियो । समितिमा प्रहरी प्रधान कार्यालयका एसपी काजी कुमार आचार्य, सिआईबीका डिएसपी दुर्गा दाहाल र दुईजना इन्स्पेक्टर सदस्य थिए ।
बुटवलस्थित टेलीकम कार्यालय अगाडिबाट सुनसहित पक्राउ परेका किसनको साथबाट प्रहरीले ३६ तोला ३२ लाल सुन बरामद गरेको थियो । सो सुन फिर्ता गर्न केसीले नगद र चेक लिएका थिए । केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनको निवासबाट ८ लाख ५० हजार नगद र ९ लाख ५० हजारको चेक बरामद गरेको थियो ।
सो सुन बरामद गर्दा प्रक्रिया पूरा नगरेको र बदनियत राखेको छानबिन समितिको निष्कर्ष छ । समितिले भ्रष्टाचार ऐन अनुसार डीएसपी केसीमाथी कानुनी कारबाहीको प्रक्रिया अघि बढाउन सिफारिस गरेको छ ।
Leave a Reply