काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत आज उम्मेदवारको नामावली उपर दाबी विरोध गर्न सकिनेछ ।
निर्वाचन कार्यतालिका अनुसार आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म दाबी विरोधको समय तोकिएको छ ।
उमेदवारमाथिको दाबी विरोधमाथि छानबिन गरेपछि आज बेलुका ५ बजे नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।
भोलि दिउँसो १ बजेसम्म उमेदवारले नामा फिर्ता लिने र भोलि दिउँसो २ बजे उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने समय तोकिएको छ । स्ववियु निर्वाचन अन्तर्गत मतदान चैत ५ गते हुँदैछ ।
Leave a Reply