Online Nepal
  • आइतबार, १४ पुष २०८१
  • झारफुकबाट बालिका मृत्यु प्रकरण : मातासहित १७ जना पक्राउ

    झारफुकबाट बालिका मृत्यु प्रकरण : मातासहित १७ जना पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, २७ फाल्गुन २०७९
  • 687
    SHARES

    फाइल तस्विर

    रुपन्देही । रुपन्देहीमा बिरामी बालिकालाई झारफुकबाट उपचार गर्ने भन्दै हत्या गरेको आरोपमा १७ जना पक्राउ परेका छन् ।

    जिल्लाको सैनामैना नगरपालिका वडा नम्बर १० बेमतेनीमा १४ वर्षीया बालिका सीता ज्ञवालीको हत्या आरोपमा प्रहरीले कथित माता भनिने सोनिया रेश्मी सहित १७ जनालाई पक्राउ गरिएको हो ।



    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार माताले झारफुकबाट उपचार गर्ने भन्दै कुटपिट गरेकी थिइन् । सीताको दाहसंस्कारमा संलग्न १७ जनालाई पक्राउ गरी सुक्ष्म अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।



    फागुन २० गते राति ८ बजे झाँक्रीकहाँ लगिएकी सीतालाई बोक्सी बकाउने भन्दै लछारपछार पारी कुटपिट गरेको र सोही क्रममा उनको मृत्यु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार