Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • एमालेसंग अझै पनि एकताको सम्भावना छ : प्रधानमन्त्री प्रचण्ड

    एमालेसंग अझै पनि एकताको सम्भावना छ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • शनिबार, २७ फाल्गुन २०७९
  • 546
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसंग अझै पनि एकताको सम्भावना रहेको बताएका छन्।

    शनिबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मधेश प्रदेशमा कार्यरत पार्टी केन्द्रीय सदस्यहरूको बैठकलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।



    उनले भने,’एमालेभित्रको ठूलो पंक्ति वामपन्थीहरूको एकताको पक्षमा छ। हिजोको नेकपा फेरि पुनर्स्थापित गर्नुपर्छ भन्ने मत पनि त्यहाँ छ। त्यो मत क्रान्तिको हितमा छ, कम्युनिस्ट आन्दोलनको हितमा छ।’



    एमालेभित्रको ठूलो पंक्ति अहिले पनि वामपन्थीहरुको एकताकै पक्षमा रहेको प्रचण्डको भनाई छ ।  प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै उनैले एकता नचाहेको पनि टिप्पणी गरे ।

    उनले पहिला समाजवादी मोर्चा बनाएर त्यसपछि कम्युनिस्टहरूको बृहत्तर एकताको बहस सुरू गरिने बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार