Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • स्ववियु निर्वाचनमा तीन विद्यार्थी संगठनबीच तालमेल

    स्ववियु निर्वाचनमा तीन विद्यार्थी संगठनबीच तालमेल

    अनलाइन नेपाल
  • शनिबार, २७ फाल्गुन २०७९
  • 723
    SHARES

    काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को निर्वाचनमा सत्ता गठबन्धननिकट तीन विद्यार्थी संगठनहरुबीच तालमेल भएको छ ।

    आगामी चैत ५ गते हुन लागेको स्ववियु निर्वाचनमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा मित्रवत प्रतिस्पर्धा गर्नेगरी उपत्यकाका अन्य ठूला क्याम्पसहरुमा नेविसंघ,अनेरास्ववियु क्रान्तिकारी र अनेरास्ववियूबीच तालमेल गर्ने सहमति भएको हो ।



    त्रिभुवन विश्वविद्यालय(त्रिवि) हुने स्ववियु निर्वाचनमा तीन विद्यार्थी सङ्गठनबीच उपत्यकाका ठुला क्याम्पसमा तालमेल गर्ने सहमति भएको छ ।



    नेविसंघले १५ क्याम्पस, अखिल क्रान्तिकारीले १० क्याम्पस र नेकपा एसनिकट अनेरास्ववियूले ३ क्याम्पसमा स्ववियु सभापति लिनेगरी तालमेल भएको छ ।

    नेविसंघले सभापतिमा त्रिचन्द्र, पद्दमकन्या, शंकरदेव, मिनभवन, पशुपति, पाटन, आई ओ एम महाराजगंज, टिचिङ् नर्सिङ्, आयुर्वेद क्याम्पस, जन प्रशासन, सरस्वती, ग्रमिण आदर्श, कोटेश्वर,भक्तपुर बहुमुखी, केआईसी कालिमाटी रशिक्षा क्याम्पस थलीको सभापति पाएको छ ।

    त्यस्तै अनेरास्ववियु क्रान्तिकारीले थापाथली, सानोठीमी, पुल्चोक, नेपाल ल, पब्लिक युथ, विश्वभाषा, एनआर कलेज ,नेशनल इन्जिनियरिङ, हिमालयन इन्जिनियरिङ क्याम्पसको सभापति पाएको छ ।

    त्यस्तै नेकपा एसनिकट अनेरास्ववियूले आर आर , महेन्द्र रत्न ताहाचल र बानेश्वर क्याम्पसको स्ववियु सभापति पाउने गरी सहमति गरिएको छ ।तीनै संगठनका अध्यक्ष दुजाङ शेर्पा, पन्चा सिंह र सुदेश पराजुलीले सहमतिमा हस्ताक्षर गरिसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार