Online Nepal
  • बिहिबार, ३ माघ २०८१
  • राष्ट्रपतिमा माधव नेपाललाई प्रस्ताव गर्दा प्रचण्डले अस्वीकार गरे : केपी ओली

    राष्ट्रपतिमा माधव नेपाललाई प्रस्ताव गर्दा प्रचण्डले अस्वीकार गरे : केपी ओली

    अनलाइन नेपाल
  • शनिबार, २७ फाल्गुन २०७९
  • 582
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू जसले जे मागे पनि दिने बलिराजा जस्तो भएको बताएका छन् ।

    शनिबार पार्टीको महिला संगठनको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री माग्दा दिएको र माधव नेपालले पनि राष्ट्रपति मागेको ओलीको दाबी छ ।



    अध्यक्ष ओलीले भने, ‘म बलिराजा जस्तो मान्छे हो, जसले जे मागे पनि दिने, प्रचण्ड आए प्रधानमन्त्री मागे दिएँ, माधवजीले राष्ट्रपति माग्दै हुनुहुन्थ्यो खाने भए खाउँ भनेको हो। तर पहिले पार्टीमा त आउनुपर्यो नि,पार्टीमा प्रतिवद्धता हुनुपर्यो । सप्रिने भए विचार गर्नुपर्‍यो भनेको हो।’

    तर माधव नेपालले प्रचण्डले राष्ट्रपति प्रस्ताव गर्दा अस्वीकार गरेको र कांग्रेसकै राष्ट्रपति हुनुपर्ने भनी सार्वजनिक अभिव्यक्ति दिएको ओलीले टिप्पणी गरे ।

    प्रचण्ड र माधव नेपाल वामपन्थी राष्ट्रपति भए देश खत्तम हुन्छ भनेर लागेको ओलीले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार