Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • केही दिनमा समाजवादी मोर्चा बन्ने प्रधानमन्त्री प्रचण्डको घोषणा

    केही दिनमा समाजवादी मोर्चा बन्ने प्रधानमन्त्री प्रचण्डको घोषणा

    अनलाइन नेपाल
  • शनिबार, २७ फाल्गुन २०७९
  • 480
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनमा समाजवादी मोर्चा बन्ने बताएका छन् ।

    शनिबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मधेश प्रदेशमा कार्यरत पार्टी केन्द्रीय सदस्यहरूको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    उनले पहिला समाजवादी मोर्चा बनाउने र त्यसपछि कम्युनिस्टहरूको बृहत्तर एकताका निम्ति बहस सुरू गरिने बताए।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायको सिद्धान्तका आधारमा राजनीतिक निकास दिने जिम्मेवारी हाम्रो काँधमा छ। यसका निम्ति समाजवादी शक्तिहरूको सहकार्य र एकता जरूरी छ ।’

    यस्तै माओवादी धारका कम्युनिष्ट घटकहरूबीच छलफल भइरहेको र शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय सम्बन्धी विषय सत्य निरूपण तथा मेलमिलापको माध्यमबाट टुंगो लगाउनुपर्छ भन्ने साझा मत रहेको पनि उनले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार