Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • ललिता निवास जग्गा प्रकरणमा गच्छदारसहित ७४ जनाको नाममा म्याद जारी

    ललिता निवास जग्गा प्रकरणमा गच्छदारसहित ७४ जनाको नाममा म्याद जारी

    अनलाइन नेपाल
  • शुक्रबार, २३ फाल्गुन २०७६
  • 2K
    SHARES

    काठमाडौं । ललिता निवासको सरकारी जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएका कांग्रेसका उपसभापति विजयकुमार गच्छदारसहित ७४ जनाको नाममा विशेष अदालत काठमाडौंले १५ दिने म्याद जारी गरेको छ ।

    गच्छदारलाई विशेष अदालतमा उपस्थित हुन १५ दिने म्याद जारी गरेको हो ।अख्तियारले प्रतिवादी बनाएका गच्छदारविरुद्ध नौ करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगो र आठदेखि दश वर्ष कैद सजायँ माग दाबी गरेर विशेष अदालतमा आरोप पत्र दायर गरेको थियो ।



    त्यस्तै, अन्य प्रतिवादीहरु पूर्वमन्त्रीद्वय डम्बर श्रेष्ठ, छविराज पन्त, अदुअआका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातविरुद्ध पनि अख्तियारले १५ दिने म्याद जारी गरेको छ ।



    अदालतले भूमिसुधार तथा व्यवस्था विभागका पूर्व निर्देशकत्रय पुष्पराज उपाध्याय, रुद्रकुमार श्रेठ र मुकुन्द आचार्य, मालपोत कार्यालय डिल्लीबजारका पूर्वप्रमुखद्वय टीकाराम घिमिरे र कलाधर देउजा, शाखा अधिकृत इन्द्रप्रसाद ढुङ्गाना, सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम, समरजङ्ग कम्पनीका पूर्वप्रमुख अर्जुनप्रसाद भण्डारी र नासु श्रीहरी पुडासैनीसहित ७४ जनाको नाममा म्याद जारी भएको विशेष अदालतका उपरजिस्ट्रर इन्द्रकुमार खड्काले जानकारी दिए ।

    भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङको नाममा पनि म्याद जारी भएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार