काठमाडौं । उपराष्ट्रपतिबारे निर्णय गर्न नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो ।
बैठकले उपराष्ट्रपतिबारे निर्णय गर्नेछ । एमालेबाट उपराष्ट्रपतिका लागि अष्टलक्ष्मी शाक्यलाई उठाउने तयारी गरेको छ ।
पछिल्लो राजनीतिक घटनाक्रम, उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउनबारे बैठकमा छलफल भइरहेको छ । आज उपराष्ट्रपतिको उम्मेदवारी दर्ता हुँदैछ ।
Leave a Reply