Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • राष्ट्रपति पौडेललाई बधाई दिँदै निधिले भने – पौडेल सर्वाधिक उपयुक्त व्यक्ति

    राष्ट्रपति पौडेललाई बधाई दिँदै निधिले भने – पौडेल सर्वाधिक उपयुक्त व्यक्ति

    अनलाइन नेपाल
  • शुक्रबार, २६ फाल्गुन २०७९
  • 561
    SHARES

    काठमाडौं । राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेललाई भेटेर नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले बधाई दिएका छन्।

    नवानिर्वाचित राष्ट्रपति पौडेललाई भेट्न नेता निधि शुक्रबार साँझ उनकै निवास बोहोराटार पुगेका थिए।



    भेटमा संविधानको सफल कार्यान्वयन, राष्ट्रपतिको भूमिका, उपराष्ट्रपतिको आसन्न चुनावलगायत समसामयिक विषयमा राष्ट्रपति पौडेल र नेता निधिबीच कुराकानी भएको थियो ।



    निधिले राष्ट्रियता, लोकतन्त्र, समाजवादको साथै संघीय गणतन्त्र र संविधानको लागि पौडेल सर्वाधिक उपयुक्त व्यक्ति भएको बताएको जानकारी निधिको निजी सचिवालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार