सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना भाइरसको अतिप्रभाव देखिएका जिल्लाहरुमा लकडाउन कडा गर्न निर्देशन दिएका छन ।
मुख्यमन्त्री शाहीको अध्यक्षतामा सोमबार बसेको प्रदेश विपद व्यवस्थापन केन्द्रको बैठकमा मुख्यमन्त्री शाहीले कोरोना संक्रमितहरु बढी देखिएका प्रदेशका जिल्लाहरु सुर्खेत, दैलेख र सल्यानमा लकडाउनलाई अझै प्रभावकारी बनाउनुपर्ने बताए।
कोरोनाको अतिप्रभाव देखिएका ३ जिल्लामा समुदायस्तरमा पनि कोरोनाको संक्रमण पुगेको हुनसक्ने बताउँदै मुख्यमन्त्री शाहीले रोकथाम र नियन्त्रणका लागि पीसीआर परीक्षणमा जोड दिइने बताए ।
Leave a Reply