काठमाडौं । सोमबारबाट सञ्चालनमा आएको शेयरबजार कारोबा पहिलो दिन १२.७८ अंक झरेर बन्द भएको छ ।
लकडाउनपछि बीचमा दुई दिन खुलेर बन्द भएको शेयरबजार खुलेको बजार ४८ अंकले घटेर सर्किट लागेर बन्द भएको हो ।
सोमबार कारोबार सुरु भएको ४० मिनेटमै ४ प्रतिशतभन्दा बढीले घटेपछि बजारमा नेगेटिभ सर्किट ब्रेक लागेको थियो ।
त्यसपछि २० मिनेट कारोबार रोकियो । त्यसपछि पुनः खुलेको सेयर बजार परिसूचक नेप्से १२.८७ अंकले घटेर ११८८.७१ अंकमा रोकिएको हो ।
आज १३० कम्पनीको ३४ करोड ७७ लाख ७१ हजार ८३३ रुपैयाँ बराबरको कारोबार भएको छ । ९ लाख ७० हजार ७६ कित्ता सेयर कारोबार भएको छ ।
Leave a Reply