Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • राष्ट्रपतिमा पराजित नेम्वाङले खोले मुख, भन्छन् – रामचन्द्रजीलाई पूरै साथ र समर्थन रहन्छ

    राष्ट्रपतिमा पराजित नेम्वाङले खोले मुख, भन्छन् – रामचन्द्रजीलाई पूरै साथ र समर्थन रहन्छ

    अनलाइन नेपाल
  • बिहिबार, २५ फाल्गुन २०७९
  • 885
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रपति पदका प्रतिस्पर्धी नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले राष्ट्रपति चुनावको परिणामलाई हार्दिकतापूर्वक स्वीकार गरेको बताएका छन् ।

    बिहीवार भएको राष्ट्रपतिको चुनावमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन् । उनले लोकतन्त्रमा विश्वास गर्नेले प्रतिस्पर्धामा विश्वास गर्नुपर्ने बताए ।



    उनले भने, ‘मेरो तर्फबाट मित्र रामचन्द्रजीलाई पूरै साथ, सहयोग र समर्थन रहने छ भन्ने विश्वास दिलाउन चाहन्छु ।’



    ‘घोषणा भएको चुनाव परिणामलाई पनि मैले त्यसैरूपमा लिएको छु । राष्ट्रपतिजस्तो सम्मानित पदमा मेरा मित्र पौडेलजी निर्वाचित हुनुभएको छ, कार्यकाल सफलताका लागि मेरो बधाई र शुभकामना छ,’ उनले भने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार