Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • रवि लामिछानेको विश्वास – राष्ट्रपतिका रुपमा पौडेल सिंगो देशको अभिभावक बन्नु हुनेछ

    रवि लामिछानेको विश्वास – राष्ट्रपतिका रुपमा पौडेल सिंगो देशको अभिभावक बन्नु हुनेछ

    अनलाइन नेपाल
  • बिहिबार, २५ फाल्गुन २०७९
  • 717
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेल निर्वाचित भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले पनि बधाई दिएका छन् ।

    सभापति लामिछानेले पौडेललाई बधाई दिँदै सिंगो देशको अभिभावक बन्ने विश्वास व्यक्त गरेका हुन् । लामिछानेले पौडेललाई अभिभावक बन्न सुझाव दिएका छन् ।



    ‘सभापति लामिछाने सामाजिक सञ्जाल फेसबुक लेखेका छन्, ‘मुलुकको राष्ट्रपति जस्तो गरिमामय पदमा निर्वाचित हुनु भएकोमा आदरणीय नेता श्री रामचन्द्र पौडेलज्युलाई हार्दिक बधाई दिन चाहन्छु। सिंगो देशको अभिभावक बन्नु हुनेछ भन्ने कुरामा पूर्ण विश्वास लिएको छु।’



    एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै पौडेल राष्ट्रपतिमा निर्वाचित भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार