काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।
मृतक रौतहत, फतुवा विजयपुर ७ का ३० वर्षीय युवा लामो समयदेखि हृदयरोगबाट ग्रसित रहेको र उपचारको क्रममा ललितपुरस्थित स्टार अस्पतालमा मृत्यु भएको मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्र गौतमले जानकारी दिए ।
Leave a Reply