काठमाडौं । राष्ट्रपतिका उमेदवार रामचन्द्र पौडेलले आफू राष्ट्रपतिमा निर्वाचित हुनेमा ढुक्क रहेको प्रतिक्रिया दिएका छन् ।
निर्वाचनस्थल संसद् भवन पुगेका पौडेलले यस्तो बताएका हुन् ।
उनले संविधानको रक्षक भएर आफूले काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
‘संविधानको संरक्षक भएर भूमिका खेल्नेछु । राजतन्त्रको राष्ट्राध्यक्ष र गणतन्त्रको राष्ट्राध्यक्षमा फरक पाउनुहुनेछ । म सहमतिकै उमेदवार हुँ, भोट क्रस हुँदैन,’ उनले भने ।
Leave a Reply