Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • युवतीलाई नाङ्गो बनाउन खोजेको आरोपमा स्वास्थ्यकर्मी पक्राउ

    युवतीलाई नाङ्गो बनाउन खोजेको आरोपमा स्वास्थ्यकर्मी पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १५ असार २०७७
  • 3.5K
    SHARES

    दाङ । युवतीलाई नाङ्गो बनाउन खोजेको आरोपमा दाङबाट एक स्वास्थ्यकर्मी पक्राउ परेका छन् ।

    स्थानीय गोर्खा हस्पिटलमा एक युवतीलाई नाङ्गै बनाउन खोज्ने एक्स–रे गर्ने प्राविधिक बबई गाउँपालिका–५ का २२ वर्षका नवराज डाँगीलाई प्रहरीले पक्राउ गरेको हो ।



    घोराही लुहासुरस्थित अस्पतालमा एक्स–रे गर्न गएकी १९ वर्षकी युवतीलाई डाँगीले नाङ्गो बनाई एक्सरे गर्न खोजेको भन्दै आफन्तले प्रहरीमा उजुरी गरेका थिए ।



    दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले एक्स–रेमा काम गर्ने युवकले संवेदनशील अंग पनि छोप्न नदिई एक्स–रे गराउन खोजेको भन्दै प्रहरीमा उजुरी परेको बताए । घटनाबारे अनुसन्धानका लागि वडा प्रहरी कार्यालयले डाँगीलाई जिल्ला प्रहरी कार्यालय पठाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार