Online Nepal
  • बुधबार, ३० असोज २०८१
  • लुम्बिनी प्रदेश सरकारका मन्त्री आचार्यको घरमा चोरी, अनुसन्धान गर्दै प्रहरी

    लुम्बिनी प्रदेश सरकारका मन्त्री आचार्यको घरमा चोरी, अनुसन्धान गर्दै प्रहरी

    अनलाइन नेपाल
  • बुधबार, २४ फाल्गुन २०७९
  • 591
    SHARES

    अर्घाखाँची । लुम्बिनी प्रदेश सरकारका मन्त्री चेतनारायण आचार्यको घरमा चोरी भएको छ । अर्घाखाँची सदरमुकाम सन्धिखर्कको हटारीनेटास्थित उनको निजी निवासमा गएराति चोरी भएको हो ।

    जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार लुम्बिनी प्रदेश सरकारका खानेपानी, ग्रामीण तथा सहरी विकासमन्त्री आचार्यको परिवार घरमा नभएको मौका छोपी चोरी भएको हो । घरका सबै कोठाको ताल्चा फुटाएर चोरी भएको छ ।



    के–कति चोरी भयो भन्नेबारे मन्त्री आएपछि यकिन हुने भन्दै उनले आफूहरूले यसमा गम्भीर अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताए ।



    ‘के–कति चोरी भयो भन्ने विवरण माननीयज्यू आएपछि थाहा हुन्छ । हामीले अनुसन्धान थालेका छौँ,’ उनले भने । छिमेकीहरूका अनुसार यसअघि पनि आचार्यको घरमा चोरी भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार