Online Nepal
  • बुधबार, १० पुष २०८१
  • सरकार अप्ठेरोमा पर्दा संसद्‍ विघटन गर्ने संसारभरकै अभ्यास हो : अध्यक्ष तिमिल्सिना

    सरकार अप्ठेरोमा पर्दा संसद्‍ विघटन गर्ने संसारभरकै अभ्यास हो : अध्यक्ष तिमिल्सिना

    अनलाइन नेपाल
  • बुधबार, २४ फाल्गुन २०७९
  • 591
    SHARES

    काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभा विघटन दुनियाँको अभ्यास भएको बताएका छन् ।

    पारिवारिक निजी वन संघ नेपालको नवौं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले यस्तो बताएका हुन् ।



    उनले भने, ‘जनप्रतिनिधिमूलक संस्था ठीकै ढंगले जाँदा कहीँ केही भयो भने सरकारले संसद विघटन गर्ने दुनियाँको जहाँको पनि अभ्यास हो । नेपालमा त्यो भइरहेको थियो । संविधान बनाउँदा पटकपटक विघटन भयो भनेर विघटन नै नगर्ने बनाउँ भनेर लेख्दा अहिले लफडा भइरहेको छ ।’



    राजनीतिक दलहरुले ढंग पुर्‍याएर मिलेर चलाउन नसक्ने, अनि कागजलाई दोष दिने गरेको अध्यक्ष तिमिल्सिनाले बताए ।

    सरकार अप्ठेरोमा पर्दा संसद्‍ विघटन गर्ने कुरा संसारभरको अभ्यास भएकाले यसलाई नौलो मान्नु नपर्ने उनले बताए ।

    नेपालमा विगतमा पटकपटक संविधान विघटन भएकाले संविधानमै विघटन नै नगर्ने कुरा उल्लेख हुँदा संसदबारे अहिले विरोधाभाष भइरहेको उनको भनाइ थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार