काठमाडौं । नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधि सभा सदस्य डा. आरजु राणाले डिजिटल क्रान्तिबाट लाभ उठाउन सक्षम बनाउने सुनिश्चिततासहितको महिला अधिकार स्थापित गर्नुपर्ने बताएकी छन् ।
अन्तर्राष्ट्रिय महिला दिवसकाे सन्दर्भमा सन्देश जारी गर्दै महिलाहरूलाई नवीनतम प्रविधिहरूमा समान पहुँच र डिजिटल क्रान्तिबाट लाभ उठाउन सक्षम बनाउने सुनिश्चितता गर्न आवश्यक रहेको बताएकी हुन् ।
‘डिजिटल प्रविधिको पहुँच र प्रयोगमा पनि महिलाहरूको समान सहभागिता हुन जरुरी छ ।’ उनले जारी गरेको सन्देशमा भनिएको छ, ‘प्रतिनिधि सभा सदस्यको हैसियतमा मैले महिला मैत्री नीति र कानुनलाई सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछु । प्रविधिको पहुँचमा लैङ्गिक समानतालाई प्रवर्द्धन गर्ने र डिजिटल क्षेत्रमा महिलाको आवाज सुनिने गरी नीतिगत सुधारमा काम गर्ने छु ।’
साथै उनले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा डिजिटल स्पेस सहितका क्षेत्रहरूमा लैङ्गिक समानताको प्रवर्द्धन गर्ने प्रतिबद्धता गर्न पनि सबैलाई अनुरोध गरेकी छन्।
Leave a Reply