Online Nepal
  • बिहिबार, ३ माघ २०८१
  • राजनीतिक स्वार्थमा ठेस लागे राष्ट्रपतिविरुद्ध बकवास गर्छन् : केपी ओली

    राजनीतिक स्वार्थमा ठेस लागे राष्ट्रपतिविरुद्ध बकवास गर्छन् : केपी ओली

    अनलाइन नेपाल
  • बुधबार, २४ फाल्गुन २०७९
  • 558
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सफलतापूर्वक सम्पन्न भएको बताएका छन् ।

    अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा अखिल नेपाल महिला संघले बुधबार आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।



    उनले भने, ‘राजनीतिक स्वार्थ प्रेरितहरुले आफ्नो संकिर्ण स्वार्थमा ठेस लाग्दा वा पूरा नहुँदा राष्ट्रपतिको सम्मानित ओहदाको समेत मर्यादा नगरेर बकवास गरेका हुनसक्छन् । त्यसको खास अर्थ छैन ।’

    ओलीले राजनीतिक स्वार्थ प्रेरित व्यक्तिहरूले राष्ट्रपतिको मर्यादाको ख्याल नगरेको टिप्पणी गरे । अध्यक्ष ओलीले राष्ट्रपति भण्डारीको भूमिका नेपाल राष्ट्र र नेपाली महिलाहरूका लागि गर्वको विषय भएको बताए ।

    पहिलो कार्यकालको सफल र मर्यादित भूमिकालाई हेरेर राष्ट्रपतिमा भण्डारीलाई दोहोर्‍याएको पनि ओलीले बताए । अध्यक्ष ओलीले महिलाहरू अब प्रधानमन्त्री पनि बन्न सक्ने भन्दै त्यसका लागि क्षमता विकास भने गर्नुपर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार