Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • एमसीसीको विरोध उत्रिएका स्वागत नेपालसहित ११ जना पक्राउ

    एमसीसीको विरोध उत्रिएका स्वागत नेपालसहित ११ जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १५ असार २०७७
  • 2K
    SHARES

    काठमाडौं । प्रहरीले एमसीसीको विरोधमा उत्रिएका स्वतन्त्र राष्ट्रिय अभियान नेपाल नामक संस्थाका संयोजक स्वागत नेपालसहित ११ जनलाई नियन्त्रणमा लिएको छ। प्रहरीले माइतीघरबाट उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हाे।

    नेपालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,’एमसीसीको विरोध गर्ने शुरु मात्रै गर्दा भर्खरै मलगायत केन्द्रीय साहित्य कला विभाग ईञ्चार्ज कृष्ण प्रसाई, सिन्धुपाल्चोक संयोजक आगेली माईला, संगठन विभाग संयोजक सन्तोष अधिकारी, नवीन मैनाली, सभ्यता नेपाल लगायतलाई पक्राउ गरियो।’



    अभियानले आज आफ्नै शरीरबाट रगत निकाली सडकमा रिजेक्ट एमसीसी लेखेर विरोध गर्ने कार्यक्रम तय गरेको थियो। विरोध शुरु गर्न नपाउँदै प्रदर्शनमा उत्रेकालाई प्रहरीले नियन्त्रणमा लिएको हो।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार