Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • सिङ्गो माओवादी आन्दोलनमाथि नै प्रहार भयो : प्रधानमन्त्री प्रचण्ड

    सिङ्गो माओवादी आन्दोलनमाथि नै प्रहार भयो : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • मंगलबार, २३ फाल्गुन २०७९
  • 507
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतले मुद्दा दायर गर्न दिनु आफूलाई मात्रै प्रहार नभएर सिङ्गो माओवादी आन्दोलनमाथि नै प्रहार भएको टिप्पणी गरेका छन् ।

    माओवादी धाराका ८ दलको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    अहिले नै माओवादी धाराहरू एकता गरेर जाने अवस्था भने नरहेको प्रचण्डले बताएका छन् । प्रधानमन्त्री प्रचण्डले भने, ‘अहिले नै एकता गरेर जाने विषयमा कुरा नगरौँ । सयुक्त मोर्चा कार्यगत एकता गरेर जानुपर्छ।’



    उनले सङ्क्रमणकालीन मुद्दालाई साझा एजेन्डा बनाएर जानुपर्ने बताए । प्रधानमन्त्री प्रचण्डले सङ्क्रमणकालीन न्यायलाई तत्काल टुङ्गो लगाएर जान सबैले सहयोग गर्नुपर्ने बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार