महोत्तरी । महोत्तरीमा १४ लाख भारतीय रुपैयाँसहित नौ जना पक्राउ परेका छन् ।
जिल्लाको जलेश्वर नगरपालिका ३ मलिवारा बजारमा अवैध रुपमा नेपाली नोटबाट भारतीय नोट सटही गर्ने ९ जना नगदसहित पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा जलेश्वर नगरपालिका ३ का ४३ वर्षीय जितेन्द्र कुमार सिंह, वर्ष ४० का सुशिल साह, १९ वर्षीय धिरज मण्डल, ३२ वर्षीय जिलानी अंसारी, वर्ष ३४ का अकवर अंसारी, वर्ष ५६ का रामएकवाल मण्डल, जलेश्वर २ का ३४ वर्षीय सरोज कुमार साह, २७ वर्षीय आनन्द कुमार र भारत बिहार, मोतिहारी जिल्ला मोठलिईया हरसिद्दी थाना ३ बस्ने ३३ वर्षीय जितेन्द्र कुमार महतो छन् ।
उनीहरुको साथबाट प्रतिबन्धित भारतीय रुपैयाँ १४ लाख ३७ हजार ६४० र नेपाली रुपैयाँ ८२ हजार २०५ बरामद गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । उनीहरुमाथि थप प्रहरीले अनुसन्धान गरिरहेको छ ।
Leave a Reply