काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा सुवासचन्द्र नेम्वाङको जित सुनिश्चित भएको बताएका छन् ।
ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा एमालेले आफ्ना सांसदहरुलाई राष्ट्रपति निर्वाचनबारे अभिमुखीकरण कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले लोकतन्त्रको रक्षा गर्नका लागि सबै राजनीतिक दलसँग एमालेले सहकार्य गर्ने बताए ।
अभिमुखीकरण कार्यक्रममा एमाले अध्यक्ष ओलीले एमालेका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङलाई जिताउन पार्टीले लिएको रणनीति, विपक्षी पार्टीका मतदाता तान्ने रणनीति र वर्तमान राजनीतिक अवस्थाका बारेमा जानकारी गराएका थिए ।
राष्ट्रपतिका उम्मेदवार नेम्वाङले राष्ट्रपतिमा निर्वाचित भएपछिको आफ्नो पहिलो दायित्व संविधानको रक्षा गर्ने हुने बताए। राष्ट्रपति चयनका लागि यही फागुन २५ गते मतदान हुँदैछ।
Leave a Reply