Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • पाकिस्तानी टेलिभिजनलाई इमरान खानका भाषण प्रसारण गर्न प्रतिबन्ध

    पाकिस्तानी टेलिभिजनलाई इमरान खानका भाषण प्रसारण गर्न प्रतिबन्ध

    अनलाइन नेपाल
  • सोमबार, २२ फाल्गुन २०७९
  • 780
    SHARES

    एजेन्सी । पाकिस्तानी सरकारले टेलिभिजन च्यानलहरूलाई पूर्वप्रधानमन्त्री इमरान खानको भाषण र पत्रकार सम्मेलन प्रसारण गर्न प्रतिबन्ध लगाएको छ ।

    पाकिस्तान इलेक्ट्रोनिक मिडिया रेगुलेटरी अथोरिटीले पूर्व प्रधानमन्त्रीले राज्यका संस्थाहरूमा आक्रमण गरेको र घृणालाई बढावा दिएको आरोप लगाउँदै टेलिभिजनहरुलाई उनका भनाइ प्रसारण गर्नबाट रोकेको हो ।



    आइतरबार पूर्वी शहर लाहोरमा गरेको संबोधनमा खानले पोहोर आफूलाई सत्ताबाट हटाउनुमा पूर्व सेना प्रमुख जनरल कमर जावेद बाजवाको हात रहेको आरोप लगाएका थिए ।



    पूर्व क्रिकेटरसमेत रहेका खानलाई इस्लामावादबाट प्रहरीले भ्रष्टाचारको मुद्दामा पक्राउ गर्ने प्रयास गरेपछि उनी सरकारप्रति आक्रामक बनेका छन् ।

    आफूमाथि लागेको अनियमितताका आरोप उनले अस्वीकार गर्दै आएका छन् । प्रधानमन्त्री पद गुमाएपछि राष्ट्रिय चुनावको माग गर्दै खानले ठूला ठूला सभा गर्न थालेपछि अथोरिटीले यसअघि पनि टिभी च्यानललाई उनको बयान प्रसारण गर्न प्रतिबन्ध लगाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार