Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डद्धारा सरोज उपाध्यायप्रति श्रद्धाञ्जली अर्पण

    प्रधानमन्त्री प्रचण्डद्धारा सरोज उपाध्यायप्रति श्रद्धाञ्जली अर्पण

    अनलाइन नेपाल
  • सोमबार, २२ फाल्गुन २०७९
  • 543
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकीकृत समाजवादीका नेता सरोजकुमार उपाध्यायप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

    प्रधानमन्त्री प्रचण्डले आलोकनगरस्थित एसको कार्यालयमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका हुन् ।



    गत शनिबार काठमाडौंको शंखमुलस्थित एक रेष्टुरेन्टको ६ तला माथिबाट खसेर उपाध्यायको निधन भएको थियो ।



    उपाध्याय एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालका भाइ हुन् । आज अन्त्येष्टि गर्नुअघि अन्तिम श्रद्धाञ्जलीका लागि पार्थिव शरीरलाई पार्टी कार्यालयमा राखिएको छ ।

    नेकपा एसको केन्द्रीय सदस्य उनी पार्टीको विज्ञान तथा प्रविधि विभाग प्रमुख पनि हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार