Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • पहिरोले पुरिएर २ जनाको मृत्यु

    पहिरोले पुरिएर २ जनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, १५ असार २०७७
  • 3.8K
    SHARES

    फाइल तस्विर

    कैलाली ।  पहिरोले पुरिएर दार्चुलामा  २ जनाको मृत्यु भएको छ । अन्य पाँच जना घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार नौगाड गाउँपालिका–४ होपरीमा पहिरोले घर पुरिएर चार वर्षीय सुशान्त महता र उनका बुवा २५ वर्षीय चन्द्रसिंह महताको मृत्यु हो ।



    पहिरोमा परि अन्य ५ जना घाइते भएका छन् । चनमती महताको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक सुरेन्द्र जोशीले बताए ।



    आइतबार राति जलविद्युतको नहर भत्किँदा गएको पहिरोले अन्य ३ घरमा पनि क्षति पुर्याएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार