Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • बालुवाटारमा आठदलीय गठबन्धनको बैठक सुरू

    बालुवाटारमा आठदलीय गठबन्धनको बैठक सुरू

    अनलाइन नेपाल
  • आइतबार, २१ फाल्गुन २०७९
  • 504
    SHARES

    काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचनबारे छलफल गर्न आठदलीय गठबन्धन बैठक सुरू भएको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको हो ।



    बैठकमा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन, मन्त्रिपरिषद् विस्तार र प्रधानमन्त्रीले विश्वासको मत लिने लगायत समसामयिक राजनीतिक विषयहरुमा छलफल हुनेछ ।



    बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसाल, जनमत पार्टीका अब्दुल खान,

    लोसपा अध्यक्ष महन्थ ठाकुर, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी, जसपा नेता राजेन्द्र श्रेष्ठलगायत छन्।

    प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति निर्वाचनअघि नेपाली कांग्रेसलगायतका दलहरूसँग गठबन्धन गरेपछि नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा सरकारबाट बाहिरिसकेका छन् ।

    एमालेको सहयोगमा १० पुसमा प्रधानमन्त्री बनेका दाहालले राष्ट्रपति निर्वाचनको मुखमा कांग्रेससँग गठबन्धन गरेका छन् । हाल सो गठबन्धनमा कांग्रेस र माओवादीसहित नेकपा एस, जसपा, जनमत, लोसपा, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार