Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • केदार ज्योतिपुञ्ज क्याम्पसमा स्ववियु चुनावको सरगर्मी : यमुनासहित यी हुन् मुख्य पदका आकांक्षी

    केदार ज्योतिपुञ्ज क्याम्पसमा स्ववियु चुनावको सरगर्मी : यमुनासहित यी हुन् मुख्य पदका आकांक्षी

    अनलाइन नेपाल
  • आइतबार, २१ फाल्गुन २०७९
  • 792
    SHARES

    डोटी । केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पसमा आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनको सरगर्मी बढेको छ । विभिन्न विद्यार्थी संगठनमा आबद्ध नेताहरू निर्वाचन केन्द्रित छलफल र परामर्शमा व्यस्त छन् ।

    आइतबार मतदाताको सूची प्रकाशन भएसँगै मुख्य पदका आकांक्षीहरुले झनै सक्रियता बढाएका हुन् । उम्मेदवार बन्न तथा निर्वाचनमा विजयी हुन विद्यार्थी नेताहरूले क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूलाई फकाउन सुरु गरेका छन् भने क्याम्पस कमिटीका नेताहरूले लबिङ थालेका छन् ।



    यो क्याम्पसमा खास गरी तीन वटा विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ, अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) मा आबद्ध विद्यार्थी नेताको दौडधुप देखिन्छ । तीन वटै संगठनबाट सभापतिको उम्मेदवार बन्न विद्यार्थी नेताहरुबीच रस्साकस्सी छ ।
    केदार जोतिपुञ्ज बहुमुखी क्याम्पसमा अरू समयभन्दा यति बेला विद्यार्थी र विद्यार्थी नेताहरूको चहलपहल बढेको छ ।



    केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघबाट यमुना कलेल, निर्मल बम लगायतका विद्यार्थी नेताहरुको सभापतिको उम्मेदवार हुने चर्चा छ । उनीहरूमध्ये कसले टिकट पाउने भन्ने अहिलेसम्म टुङ्गो लागेको छैन । सबै जना आफूले पाउनु पर्ने अडानमा छन् ।

    यसै गरी अनेरास्ववियुबाट करन साउँद, गोरख साउँद र यगम भाट लगायतका व्यक्तिहरूको नाम स्ववियु सभापतिको उम्मेदवारमा चर्चा रहेको छ । अनेरास्ववियु क्रान्तिकारीबाट अहिलेसम्म कसैको पनि नाम चर्चामा छैन । यद्यपि उसले सभापतिमा अनेरास्ववियुको उम्मेदवारलाई समर्थन गर्न सक्ने स्रोत बताउँछ ।

    स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सार्वजनिक गरेको तालिका अनुसार आज मतदाता सूची प्रकाशन गरिएको छ । यसअघि चुनावमा भाग लिने विद्यार्थी संगठनहरुको दर्ता गर्ने काम भएको थियो । आज प्रकाशित हुने मतदाताको सूचीमा फागुन २५ गते दाबी विरोध गर्ने समय तोकिएको छ।

    यस्तै फागुन २६ गते उम्मेदवारको मनोनयन पत्र वितरण गर्ने कार्य तालिका छ। फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको समय तोकिएको छ।

    फागुन २८ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको नामावलीमाथि दाबी–विरोध र फागुन २८ गते साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ। चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार