Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • प्रधानमन्त्रीले मुलुकको वित्तीय अवस्थाबारे निजी क्षेत्रसँग गरे छलफल

    प्रधानमन्त्रीले मुलुकको वित्तीय अवस्थाबारे निजी क्षेत्रसँग गरे छलफल

    अनलाइन नेपाल
  • आइतबार, २१ फाल्गुन २०७९
  • 462
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आर्थिक तथा बैंक वित्तीय क्षेत्रका समसामयिक विषयमा निजी क्षेत्रका प्रतिनिधि र राष्ट्र बैंकका गभर्नरसँग छलफल गरेका छन् ।

    आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा नेपाल राष्ट्र बैंकका गभर्नर, अर्थसचिवलगायत निजी क्षेत्रका छाता संगठनका प्रतिनिधि र बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरूसँग आर्थिक तथा बैंक वित्तीय क्षेत्रका समसामयिक विषयमा प्रधानमन्त्रीले छलफल गरेका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले अध्यक्षता गरेको छलफलमा सरकारकोतर्फबाट मुख्य सचिव शंकरदास बैरागी, राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी र अर्थ मन्त्रलयका अधिकारीहरु सहभागी छन् ।



    पछिल्लो समय लघुवित्त, सहकारी र बैंकको ब्याजदरको विषयमा वित्तीय क्षेत्रमा देखिएको समस्या समाधानको लागि प्रधानमन्त्री प्रचण्डले पहल थालेका हुन् ।

     

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार