Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • २४ किलो बुद्धचित्तसहित एक जना पक्राउ

    २४ किलो बुद्धचित्तसहित एक जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १५ असार २०७७
  • 3K
    SHARES

    फाइल तस्विर

    काठमाडौँ। अवैधरुपमा सञ्चय गरी राखेको बुद्धचित्तको मालासहित काठमाडौँको स्वयम्भू बडेगालका सरोज तिमिल्सिनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ।

    अवैधरुपमा सञ्चय गरी राखेको बुद्धचित्तको माला ११ किलो ७०० ग्राम तथा नउनेको अवस्थामा रहेको बुद्धचित्त २४ किलोसहित प्रहरीले उनलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।



    तिमिल्सिनाको घरमा अवैधरुपमा बुद्धचित्त सञ्चय गरिराखेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरीवृत्त स्वयम्भूबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त परिमाणको बुद्धचित्त फेला पारेको हो।



    सानो माला ४ सय १६ थान र ठूलो माला ६ थान फेला पारिएको प्रहरीले जनाएको छ। उक्त घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार